आज फेरी तिनको भिडन्त



सेलीब्रेटी नेपाल पौष २० -आज शुक्रबार फेरी तिन नेपाली चलचित्र सार्वजनिक प्रदर्शनमा आउँदै छन् । चलचित्र हुन् धरतीपुत्र, सुनगाभा र आफ्नै मनलाई सोधिहेर । यि तिन चलचित्र देशभर एकअर्कामा भिड्ने भएका छन्। धरतीपुत्रमा अमर ओलीको निर्देशन रहेको छ भने सुनगाभाका निर्देशक सुवर्ण थापा हुन् त्यस्तै आफ्नै मनलाई सोधिहेर रमेशदर्पण पोखरेलको निर्देशनमा तयार भएको चलचित्र हो।
नेताहरू सामाजिक जिम्मेवारी बिर्सिएर भ्रष्टाचारमा मात्रै लिप्त हुँदा बेरोजगारी समस्याले कसरी जरो गाड्छ र युवाहरू कसरी कुलतमा फस्छन् भन्ने कथावस्तु समेटेर चलचित्र निर्माण भएको छ- धर्तीपुत्र । दिलीप रायमाझी, सुनील थापा, शूरवीर पण्डित, प्रेम खड्का, सञ्चिता गुरुङ, उषा खरेल, विक्रान्त बस्नेत आदिको अभिनय रहेको छ । केही महिना अगाडीनै प्रर्दशनमा आउने भनेर प्रचार प्रसार गरिएको यस चलचित्रले बल्ल प्रर्दशनको पाला पाएको छ । चलचित्र प्रेम खड्का, सागर क्षत्री र सीता क्षेत्रिले निर्माण गरेका हुन् ।

सुनगाभा दुई समलिंगी युवतीको प्रेम कथाको बिषयमा आधारीत चलचित्र हो । निशा अधिकारी,दिया मास्के,सौगात मल्ल, वसुन्धरा भूषाल,लक्ष्मी गिरी लगायतले चलचित्रमा प्रमुख भुमिका निर्बाह गरेका छन् । विभिन्न अन्तर्ररास्ट्रिय फेस्टिभलहरुमा सहभागीता जनाइसकेको यस चलचित्रले क्यू.एफ.एक्स, बिग, के.एल.टावर लगायत स्टेशनहरु पाएको छ । अधिकांश प्राविधिक टोली फ्रान्सेली रहेको यो चलचित्रकी छायाकार सारा कोर्नू हुन् भने संगीत सिल्भामोरिजे र कुटुम्ब ब्याण्डको रहेको छ ।

यस्तै आफ्नै मनलाई सोधी हेर आरती ईन्टरनेशनल फिल्मस् प्रालीको ब्यानरमा निर्माण् भएको चलचित्र हो। निखिल उप्रेती, सुरज आरडी, राज तिमल्सिना, शोभीता सिम्खडा, जिया के.सी लगायतको अभिनय रहेको छ । चलचित्रका निर्देशक रमेश पोखरेल यसै चलचित्र मार्फत निर्देशन डेब्यु गरेका हुन्। चलचित्रमा बसन्त सापकोटाको संगीत, रामेश्वर कार्कीको छायाँकन , शिव विकको नृत्य निर्देशन रहेको छ भने द्वन्द्व निर्देशन शंकर महर्जनले गरेका छन् । चलचित्र माया प्रेममा आधारीत रहेर निर्माण गरिएको निर्माण पक्षले जनाएको छ ।