शुक्रबार देखि आगो २ साथमा बेबी


(सेलिब्रेटि नेपाल) काठमाडौँ
१४ बर्ष पहिले प्रदर्शनमा आएको चलचित्र ‘आगो’को सिक्वोल आज शुक्रबार देखि नेपालभरिका सिंगल स्क्रिनबाट पर्दर्शनमा आएको छ । सुशील क्षेत्रि, गणेश गिरि, सारिका घिमिरे, किसन सुनार, प्रिया रिजाल लगायत कलाकारहरुको मुख्य रहेको चलचित्रलाई मदन घिमिरेले निर्देशन गरेका छन् । राजनीति र समाजको बिषयलाई उठान गरिएको चलचित्रलाई किसन पोखरेल र किरण थापाले सम्यूक्त रुपमा निर्माण गरेका हुन् ।
aago-2
त्यसै गरि बलिउड चलचित्र ‘बेबी’ र हलिउड चलचित्र ‘द थ्योरि अफ एभ्रीथिंग’ पनि प्रदर्शनमा आएका छन् । बेबी थ्रिलर र एक्सन जनारमा निर्माण भएको हलाचित्र हो । त्यसै गरि द थ्योरि अफ एभ्रीथिंग बयोग्राफिकल, ड्रामा, र रोमान्स जनरामा निर्माण भएको हो । द थ्योरि अफ एभ्रीथिंग यस पटकको ओस्कर सर्बोत्कृट चलचित्रको मनोनयनमा समेत सनाबेश छ ।