चलचित्र ‘दैलो’को ‘कुतु कुतु’ गीत सार्वजनिक


काठमाडौं । चलचित्र ‘दैलो’मा समावेश ‘कुतु कुतु’ बोलको आईटम गीतको भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतको भिडियोमा मोडेल पवन पाठकले नृत्य गरेकी छिन् । विमल भट्टराईको शब्द, लक्षुप्रकाश मल्लको संगीत रहेको गीतमा दुर्गा साउदको स्वर सुन्न सकिन्छ । भिडियोलाई गम्भिर विष्टले कोरियोग्राफि गरेका हुन ।

सुरेश उप्रेतीको लेखन तथा निर्देशनमा तयार भएको ‘दैलो’मा सुरेश उप्रेती, दुर्गा साउद, विकास चापाँगाई, दिपक डोटेल, मुना प्रसाई, दिक्षा आचार्य, प्रदिप अधिकारी, सपना श्रेष्ठ, अनु ढुंगाना लगायतको मुख्य भूमिका छ । चलचित्रमा अर्जुन उप्रेती र यसोधा उप्रेतीको लगानी छ ।

विमलकुमार भट्टरार्इको छायांकन रहेको चलचित्रमा तारा थापा ‘किम्भे’को सम्पादन छ । चलचित्र कात्तिक ३० गतेबाट प्रदर्शनमा आउँदैछ ।