कलाकार संघ को साधारणसभामा पुरस्कार र सम्मान वितरण


सेलेब्रिटी नेपालअसोज २७ – नयाँ नेतृत्व आउने केही घण्टा पूर्व रमेश बुढाथोकीको नेतृत्वमा रहेको चलचित्र कलाकार संघले ११औँ साधारणसभाको अवसर पारेर फिल्मकर्मीहरुलाई सम्मान गरेको छ ।

काग्रेस नेता शेरबहादुर देउवाको बाहुलीबाट सम्मानित एवं पुरस्कृत हुनेहरुमा २०६८ तथा ०६९सालको नेपाल चलचित्र कलाकार संघ पुरस्कार बाट बरिष्ठ कलाकारद्धय रबिन्द्र खड्का र अभिनेत्री शर्मिला मल्ल छन् । यो पुरस्कारको राशि ५१ हजार छ । यसैगरी नेपाल चलचित्रकलाकारसंघ शान्ति मास्के पुरस्कार२०६८ बाट रुदराज पाण्डे र २०६९ बाट मदनदास श्रेष्ठलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि १५ हजार छ ।

त्यसैगैगरी नेपाल चलचित्र कलाकारसंघ चलचित्रकर्मी सेवा सम्मान २०६९ बाट बरिष्ठ संगीतकार शम्भुजीत बास्कोटा र प्रोड्यूसर उद्धव पौडेल सम्मानित भएका छन् । सम्मानित हुने अर्का ब्यक्ति लय संग्रौला पनि रहेका छन् । उनलाई चलचित्र कलाकार संघ सेवा सम्मान २०६९ बाट सम्मान प्रदान गरिएको हो ।

यसैगरी सम्मानित हुनेहरुको अर्को लिष्टमा चलचित्रकलाकारसंघ पत्रकारिता सम्मानबाट संचारकर्मीत्रय दयाराम पाण्डे , राजन घिमिरे र यम चौलागाई रहेका छन् । कलाकारसंघको विभिन्न कार्यक्रममा अतुलनीय सेवा पुर्याएवापत जेसिआई सिनेटर महेश दाहाललाई पनि उक्त साधरणसभामा सम्मानित गरियो ।
– फोटो फिल्मी खबर डट कम बाट