‘आभाष’को पोस्टर सार्बजनिक


(सेलेब्रेटि नेपाल) काठमाडौँ
Aavash-poster
क्रिएटिभ फिल्म र ग्लसी पिक्चर्सको ब्यानरको निर्माणमा यूवा पुस्तालाई लछित पारेर तयार पारिएको चलचित्र आभाषले आफ्नो पोस्टर सार्बजनिक गरेको छ । तथास्तु र अलविदालाई टक्कर दिदै पौष २५ मा अलनेपाल प्रदर्शनमा आउँन लागेको चलचित्र आभाषमा सयंम पुरी, प्रकृति श्रेष्ठ, आष्मा डिसी, सलोन बस्नेत, निशा अधिकारी लगाएत कलाकारहरु मूख्य भूमिका रहेका छन् । सुरेन्द्र पौडेलको निर्देशन; गोविन्द शाही, पवन श्रेष्ठ र दीपक शाहीले निर्माणमा तयार पारिएको चलचित्रको गीत संगीतले पछिल्लो समय दर्शकको मन जित्दै गएको छ ।
Aavash-poster-film
युवापुस्ताको प्रेमकथा प्रस्तुत गरिएको चलचित्रमा गम्भीर बिष्टको करियोग्राफी; सुजेन्द्र डी कार्की, छेतेन गुरुङ, प्रकाश नेपालीको संगीत रहेको छ ।